टप खबर

सेयरबजारमा १०८ अंकको पहिरो, ११ अर्बको कारोबार

Lumbinikhabar Online

सेयरबजार आज राताम्य भएको छ।

बजार परिसूचक नेपसे १०८.२६ अंकले झरेर २८१८.७२ विन्दुमा रोकिएको छ।
सेन्सिटिभ सूचक पनि आज १९.७६ अंकले झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

केही दिन अघिसम्म ४२ खर्ब हाराहारीमा पुगिसकेको सेयरबजार पुँजीकरण समेत ३९ खर्बमा झरेको छ।

बजारमा तरलता भने १४ खर्ब रुपैयाँको छ।

साताको पहिलो दिन खुलेको सेयरबजार कारोबारमा २ सय २३ कम्पनी सामेल भएका छन्।

उनीहरुको २ करोड ३० लाख कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार दिनभरिमा १ लाख २९ हजार पटकको खरिदबिक्रीमा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ।

दिउँसो १ः३० बजे नेप्से ह्वात्तै घटेको थियो। नकारात्मक सर्किट लागेपछि बजार ४० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि भने केही सम्हालिएर २८ सय विन्दुमा थामियो।

आजको कारोबारमा सबै उपसूचक राताम्य छन्।

सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९७ प्रतिशत कमाउनेबाहेक अधिकांश कम्पनीका लगानीकर्ता आजको कारोबारमा घाटा व्यहोर्न बाध्य भएका छन्।

आज दुई दर्जन हाराहारीमा कम्पनीहरुको सेयरमा नकारात्मक सर्किट लागेको छ। आज सर्वाधिक ७० करोड रुपैयाँसम्मको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

Tags

छुटाउनु भयो कि ?