टप खबर

पन्जसिरमा तालिबानका ६ सय लडाकु मारिएको दाबी

Lumbinikhabar Online

राजधानी काबुलसहित अफगानिस्तानका अन्य सबै प्रान्त कब्जा गरिसक्दा पनि तालिबानले अझै नियन्त्रणमा लिन नसकेको एउटा मात्र प्रान्त हो– पन्जसिर।

यसअघिको शासनमा पनि कब्जा गर्न नसकेको पन्जसिर उपत्यका तालिबानलाई यसपटक पनि चुनौती बनिरहेको छ। शनिबारसम्म त्यहाँ तालिबान र तालिबानविरोधी लडाकुबीच भीषण युद्ध जारी छ।

यसबीच दुवै पक्षले आफूले जित्दै गएको दाबीहरू पनि सार्वजनकि भइरहेका छन्। विभिन्न विदेशी सञ्चारमाध्यमले विभिन्न खालका सूचना सम्प्रेषण गरिरहेका छन्। तर त्यहाँको वास्तविक अवस्था स्वतन्त्र रूपमा पुष्टि गर्न गाह्रो भइरहेको छ।

यसै क्रममा पन्जसिरमा तालिबानविरुद्ध लडिरहेको अहमद मसुद नेतृत्वको  रेजिस्टन्स फोर्सका सेनाले शनिबार तालिबानका ६ सय लडाकु मारिएको दाबी गरेका छन्। साथै आत्मसमर्पण र पक्राउ गरेर हजार जना तालिबान लडाकु आफ्नो नियन्त्रणमा रहेकाे दाबी पनि उनीहरूले गरेका छन्।

अल जजिराको एक रिपोर्टअनुसार तालिबानले पन्जसिरको राजधानी बाजारक र प्रान्तीय गभर्नर क्षेत्रतर्फ जाने बाटोमा बारुदी सुरुङ भएकाले अगाडि बढ्न नसकिएको बताएका छन्।

Tags

छुटाउनु भयो कि ?