टप खबर

इजरायल जान चाहनेहरुको लिखित परीक्षा भदौ २८ गते हुने

Lumbinikhabar Online

केयर गिभर (सुसारे)का लागि इजरायल जान चाहनेहरुको इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । यसपटक रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ ।

वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिसकेपछि लिखित परिक्षाको मिति सार्वजनिक गरेको जनाएको छ ।लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तवार्ता समेत लिइने छ । इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको हो । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।

विभागले इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाइनमार्फत जानकारी गराईसकेको जनाएको छ ।


Tags

छुटाउनु भयो कि ?