टप खबर

नेप्सेको निमित्त सीईओ निरन्जन फुयाल

Lumbinikhabar Online

निरन्जन फुयाललाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिइएकाे छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै अर्को व्यवस्था नभएसम्म फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।

नेप्सेको सञ्चालक समितिकाे बैठकले नियमित कार्य सुचारु राख्नका निम्ति उनलाई याे जिम्मेवारी प्रदान गरेकाे हाे । यही मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजिनामा दिएका थिए । उनको कार्यकाल आगामी असोज २२ गते सकिँदै थियाे ।

नेप्सेमा सूचिकृत नभइसकेका कम्पनीको सेयर किन्नु नेपालको प्रचलित कानून बमोजिम गैर कानुनी नहुने भएतापनी प्रश्न चिन्ह उठेकाले अर्थमन्त्रालयलाई अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा पदबाट राजिनामा दिएकाे साउदले बताएका थिए ।

भदौ ४ गते बसेको अर्थ समितिको बैठकले सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष, भिष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई कारबाहिको सिफारिस गरेको थियो ।

अर्थ समितिले अर्थ मन्त्री र अर्थमन्त्रालयका सचिवसँग गरेको छलफलमा सहभागि सांसदहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, सञ्चालक चन्द्र ढकाल र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई तत्कालन निलम्बन गरी सत्य तथ्य छानबिनको माग गरेका थिए ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले यस विषयमा विज्ञ सहित राखेर ५ सदस्यीय छानविन समिति बनाईएको र समितिले छानविन गरिरहेको र यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र छानविन समितिको प्रतिवेदन आएपछि कारवाही गरिने बताएका थिए ।

हिजो मंगलबार मात्र नेप्सेमा सुचिकृत नभइसकेका कम्पनीको सेयर किन्नु नेपालको प्रचलित कानून बमोजिम गैर कानुनी नहुने भएतापनी प्रश्न चिन्ह उठेकाले अर्थमन्त्रालयलाई अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा पदबाट राजिनामा दिएको भन्दै नेप्सेको सिईओबाट चन्द्र सिंह साँउदले राजिनामा दिएका थिए ।

Tags

छुटाउनु भयो कि ?