टप खबर

१ हजारबाट ५० हजारमाथी पुगेकाे जीवनविकास जस्तै अर्काे आईपीओ आउन लाग्याे

Lumbinikhabar Online

पछिल्लो समय सेयर बजारमा आकर्षण बढ्दाे छ । धेरै वटा आईपीओहरु जारी भईरहेका छन् भने लगानीकर्ताहरु पनि तीब्र रुपमा थपिरहेका छन् । अहिले एकपछि अर्को गर्दै बिभिन्न कम्पनीका आईपीओहरु निष्काशन भईरहेका छन् । सेयर बजारमा आउनेको संख्या अत्याधिक बढेपछि कतिपय प्राईभेट कम्पनीहरु पब्लिक कम्पनीमा परिणत भएर साधारण सेयर अर्थात आईपीओ जारी गरिरहेका छन् ।

यसैक्रममा एकदमै राम्रो वित्तीय अवस्था भएको आईपीओ आउने भएको छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर अर्थात आईपीओ जारी गर्ने तयारी गरिरहेको हो ।

जुन राष्ट्रिय स्तरको नेपाल राष्ट्र बैँकबाट घ वर्गको ईजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो । जसको केन्द्रिय कार्यालय म्याग्दीको बेनीमा रहेको छ । यो शालिग्राम लघुवित्तसँग मर्ज भएको लघुवीत्त हो ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९५ हजार ३ सय ३५ कित्ता साधारण सेयर जारी गर्न लागेको हो । यसको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहने छ ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीयस ९०.८८ रहेको छ । अर्थात यसले एक कित्ता सेयर बराबर ९० रुपैयाँ ८८ पैसा कमाउने गरेको छ । यो लघुवित्तको बुक भ्यालु भने २ सय २७ रुपैयाँ २९ पैँसा रहेको छ ।

Tags

छुटाउनु भयो कि ?