टप खबर

परासी क्षेत्रमा डुबान, राजमार्गसमेत जलमग्न

Lumbinikhabar Online

तीन दिनदेखिको अविरल वर्षाले पश्चिम नवलपरासीका विभिन्न स्थानमा डुबान भएको छ । पाल्हिनन्दन गाउँपालिका–१ शंकरपुर, सुनरी र वडा नम्बर २ को अमानिगन्ज, सरावल गाउँपालिका–५,६,र ७ जलमग्न भएका छन् ।

लगातार तीन दिनदेखि परेको झरीले १ सय भन्दा बढी घर डुवानमा परेको छ भने २ सय विघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दिपक गुप्ताले बताए । डुबानमा परेका ४५ घर परिवारलाई राहात वितरण गरिएको छ । घर डुबानमा परेपछि खाद्यान्न र लत्ता कपडा भिजेपछि स्थानीय तहले राहात स्वरुप खाद्यान्न, वितरण गरेको हो । डुबान क्षेत्रमा जनप्रतिनिधिले स्थलगत अनुगमन गरेर डुबान हुनुको कारण पत्ता लगाएर आगामी वर्ष समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

जलमग्‍न जलेश्‍वर (तस्बिरहरु)- प्रदेश २ - कान्तिपुर समाचार

जलमग्न भएका क्षेत्रको जनजीवन प्रभावित भएको छ । राजमार्ग क्षेत्रमा पनि पानी जम्दा यातायात प्रभावित भएको छ।

Tags

छुटाउनु भयो कि ?