काठमाडौँ — भाद्र ९, २०७८। फेसन ईराको ब्यानरमा संचालन भएको मिष्टर एण्ड मिस एसईइ २०२१ को फाइनल प्रतिस्पर्धामा अनुपम न्यौपाने र जेनिशा तामाङ विजेताका रुपमा चयन भएका छन् । मिष्टर तर्फ उपाधि विजेता अनुपम ट्यालेन्ट विधामा पनि उत्कृष्ट ठहरिए भने मिसतर्फकी उपाधि विजेता जेनिशाले वेष्ट फिगर विधामा आफूलाई अब्बल देखाइन् । प्रतियोगितामा भिअर च्वाइस, वेष्ट वाक र पर्फमेन्स अफ द डे विधा सहित गोरे तामाङ पुरुषतर्फ फस्ट रनर अप भए भने ब्युटी विथ ब्रेन विधाको अवार्ड सहित एलिजा राउत महिलातर्फ फस्ट रनर अप बनिन् । प्रतियोगितामा एलिगेन्स र वेष्ट ड्रेसको अवार्ड सहित ईस्पा महर्जन तथा वेष्ट ड्रेस र मोस्ट पपुलर विधाको अवार्ड सहित सुवास बोहोरा सेकेन्ड रनर अप बन्न सफल भएका थिए । यसैगरी मोस्ट पपुलर र भिअर च्वाइस सहित जुना मोक्तान र मल्टिमिडिया अवार्ड सहित विशाल तामाङ अर्गनाइजर च्वाइस अवार्डको हकदार बनेका थिए । आर्शु महर्जनको कोरियोग्राफी अन्तर्गत संचालन भएको सो प्रतियोगिता ललितपुर बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न भएको थियो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६