आर्टिकल्स

नेपाली जनतालाई हरेक समस्याले सताइरहेको छ

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

आज नेपाली जनता समस्या र चुनौती संग जुधिरहेका छन । अहिले राजनीति दल र तिनका नेताहरु सत्ता स्वार्थको राजनीतिमा रुमल्लिरहेका छन । देश र जनताको चिन्ता भन्दा पनि उनीहरुलाई सत्ताकै चिन्ता छ । राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कोलाई सिध्याउने खेलमा लागिरहेका छन । अरू पार्टीले गरेको राम्रो काम देख्नै नसक्ने, अरूको खेदो खन्ने, खुट्टा तान्ने, टीकाटिप्पणी र आलोचना गर्ने बाहेक नेताले अरु केहि देखेका छैनन् ।

कार्यकर्तालाई वर्षाैंसम्म आशा देखाएर झुलाइरहने काम नेताबाट हुदै आएको छ । तल्लो तहका धेरै नेता कार्यकर्ताको जिवन बर्वाद भइरहेको छ । जनतालाई झुटा आश्वासन दिने काम भने सिङको नभाँच्ने नेताहरुको प्रवृति छ । नेताहरुले जनताले दिएको भोटको अपमान गरिरहेका छन । जनताको भोटमार्फत सत्तामा पुग्छन अनि सत्तामा पुगे पछि सबै कुरा बिर्सन्छन । आफ्नो निजी स्वार्थमा लाग्छन । अकुत सम्पति आर्जन गर्छन ।

के यहि हो राजनीति ? जनताको जीवनमा कहिले परिवर्तन आएन । अहिले समाजका हरेक क्षेत्रमा आर्थिक अनियमितता भ्रष्टाचार एवं सेटिङका समाचार आउने गरेका छन् । यसतर्फ कसैको चासो, चिन्ता छैन । वर्तमान नेपाली समाजमा महामारी व्याधीका रूपमा रहेको कोरना कहरको त्रास मात्र छ । तेस्रो लहर आयो भने कसरी सामना गर्ने ? जनतामा यो चिन्ता छ । नेपाली जनतालाई हरेक समस्याले सताइरहेको छ । देशलाई कसरी स्वाधीन र आत्मनिर्भर बनाउने भन्ने चिन्ता नेतामा छदै छैन खाली चर्को भाषण मात्र छ । यसरी देश बन्दै र बनाउन पनि सकिदैन ।

सुखी नेपाली र समृद्ध नेपाल कसरी बन्छ भन्ने बिषयमा कसैलाई चासो छैन । यो बिषयमा छलफल हुनै छाड्यो । आफू सत्तामा कसरी पुग्ने र ढुकुटी कसरी रित्याउने भन्ने बाहेक दल र तिनका नेतामा अरु चिन्ता देखिएन । यस्तै जालसाजी कपटपूर्ण एजेन्डाका बैठकमा नै सबै दल केन्द्रित छन् र सबै जनता कार्यकर्ता त्यसैको पछि लागेर हिँडिरहेको देखिन्छ ।

केवल भाषण ठोक्ने र जनतालाइ झुठा आस्वासन दिने बाहेक नेताले केहि गरेनन् । यस्तो राजनीतिक संस्कारबाट हामीले के सिक्ने ? सभ्य समाज, सामुदायिक कल्याण र सामुदायिक सोचाइका लागि असल नागरिक पहिलो सर्त हो । असल मानिस हुनु भनेको असल व्यवहार हुनु हो । समाज विकासको अनन्त प्रक्रियामा राज्य मात्र होइन, नागरिक समाजका अंग तथा असल मानिस पनि उदाहरणीय रूपमा अग्रसर हुनु आवश्यक छ । सबै राजनीतिक संस्कार र संस्कृति निर्माणसँग सम्बन्धित रहन्छन् ।

सिर्जनात्मक आलोचना र संवादले संस्कार निर्माणमा सहयोग पु¥याउँछ ।अब सभ्य समाज निर्माणका निम्ति असल कार्य गर्ने समुदायको सक्रियताको मात्र खाँचो छ । हामी सभ्य समाजका लागि सचेत मात्र छौं, सक्रिय हुन सकेका छैनौं । सिंगो नेपाली समाज एकजुट भएर भोगेका देखेका विकृति र विसंगतिको अन्त्यका लागि दबाब सिर्जना गर्न सकेको अवस्था छैन ।

Tags

छुटाउनु भयो कि ?