‘मानवता र सत्य हराएको समाज ‘
एउटा सुन्दर सम्बन्ध
त्यहाँ हुन्छ
जहाँ धर्म,रङ्ग ,भुगोल र
थर हुदैँन
आविष्कार र खोज पनि
हार्दछ
जब मानिस मानिसको भर हुदैँन ।
जब आफु माथि पर्न
नैतिकता गुम्छ
अपराध र सजायको
केहि डर हुँदैन
जब लोभ ,पाप ,
तिरस्कारले डेरा गर्छ
तब सम्बन्धको आफ्नो घर हुदैँन ।।
जब सफलले यहाँ
लाशको चाङ् चड्छ
एक अर्काको आशुं
पुछ्न कर हुुदैन
जब कागजले मात्र
विवेक शुुन्य बन्छ
तब मानिसमा कुनै
संस्कार हुदैँन ।।।
जब महलको आडमा
पदचापहरु चुक्छ
बरु इमानको झुपडीको
छानो खरको चुहिदैन
जब असल मनले असल
विचार रोप्छ तब सत्यको विज
कहिल्यै गरवमा तुहिदैन ।।।।
-सीमा थापा “सीमाना” कपन, काठमाडौं