-डा.डिआर उपाध्याय,
अब देश बिकास र समृद्धिका लागी युवा जुटनु पर्छ । देश बनाउने भनेको युवाले हो । युवा तात्नु पर्छ । बुढा नेताबाट अब युवाले नेतृत्व खोसेर लिनु पर्छ । अब पनि बुढा नेताको हातमा नेतृत्व गयो अथवा जान दियौ भने मुलुकको अवस्था जहाँको त्यहि हुने निश्चित छ ।
अहिले हाम्रो देशमा सबै दलमा बुढा नेताहरुले नै नेतृत्व गदै आएका छन । उनीहरुले युवालाई सजिलै नेतृत्व छाडलान भन्ने कुनै छाँटकाँट नै छैन । आर्यघाट नपुन्जेल नेतृत्व छाडन कुनै बुढा नेता तयार छैनन् । यो हाम्रो देशको समस्या हो । युवाहरु नेतृत्वको दास बने । नेतृत्वलाई कुनै युवा नेताले दवाव दिने आँट गर्न सकेनन् । युवामा आँट हुनु पर्छ । आँट र साहासले नै मुलुक बनाउने हो । आज देशमा यति धेरै उर्जाशिल युवा नेता छन । तर सबै किनाराको साक्षी मात्र भए ।
एमाले भित्र त्यहि समस्याले पाटी फुट्यो । ओली र नेपालले नेतृत्वको टकराव नगरेको भए पार्टी फुटने थिएन । अहिले एमाले तिन धारमा बिभाजित छ । यसले पार्टीलाई त नोक्सान गर्यो नै यसको साथ साथै देशलाई ठूलो क्षति पुर्याएको छ । हुदाखादाको दुइ तिहाई सरकार पचाउन नसकेर ओलीले मुलुक र पाटीैलाई यहाँ सम्म ल्याए र उत्तानो पारेर पल्टाए । यसरी हेर्दा भावि दिन त्यति सुखद छैनन् । अहिले सम्मको इतिहासमा एमाले यो भन्दा पहिला कहिले कमजोर बनेको थिएन ।
राजनीतिक इतिहासमा एमालेको लागी यो दुखद क्षण हो । नेताहरुको मनपरीले आज देश भरीका एमाले कार्यकर्ता दुखि बनेका छन । एमाले तत्काल मिल्ला जस्तो छैन । माधब नेपालले पनि आफनो बाटो तताई सकेका छन । सजिलै फर्किएलान भन्ने नसोचे हुन्छ । एमाले भित्रको तेस्रो धारले पनि आफना गतिविधि बढाइरहेको छ । तेस्रो धारले पाटी मिलाउने दौधधुवमा छ । तर ओली त्यसका लागी तयार छैनन् । किन भने दश बुँदे सहमति नै कार्यान्वयन गर्ने कुरामा दिल खुसिले लागेका छैनन् ।
तेस्रो धारमा जोसिला पढे लेखेका युवा नेता छन । अव एमालेले तेस्रो धारलाई नेतृत्व दिएर पाटी जोगाउनु पर्छ । यो बाहेक अर्को कुनै बिकल्प छैन । तेस्रो धारमा डा. भिम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोर्कण बिष्ट, योगेश भट्टराई, रघुजी पन्त, लगायत धेरै छन । अब एमालेले बिनासको बाटो रोज्ने की तेस्रो धारलाई नेतृत्व दिने ? अहिलेको गम्भिर प्रह्न यो हो । बुढा गोरुले अब हलो जोत्न सक्दैनन् । युवाले नेतृत्व हातमा लिएर उनीहरुलाई बिदा दिनु पर्छ । यो रोग सबै पार्टीमा छ ।
यसको उपचार समयमै गर्नु पर्छ । यदि समयमा उपचार नभए बिरामीको अबस्था के हुन्छ ? ठिक एमालेको अवस्था त्यस्तै छ । एमालेलाई कोमामा लान नपरोस् । त्यति ठूलो पाटी आज यो अवस्थामा देख्दा टिठ लागेर आयो । ओलीले नेतृत्व छाडेर तेस्रो धारलाई नेतृत्व दिदा बित्तिकै एमाले एक हुन्छ । समस्या यँिह अडकेको हो । यो कुरा माधब नेपाल पनि स्वीकार गर्छन । अब एमाले बचाउँन युवा नेताहरुको प्रयास जारी नै रहनु पर्छ । पाटी बचाउने या के गर्ने हो, अब यो तेस्रो धारको ठूलो भूमिका रहनु पर्छ ।