ज्ञान तथा अविष्कार

आफैले बनाएको हेलिकप्टर उडाउन खोज्दा युवकको मृत्यु

Lumbinikhabar Online

पछिल्लो पुस्ताका युवाहरुलाई प्रविधिमा चासो छ । नयाँ नयाँ खोजमा युवाहर संलग्न हुन्छन् । कतिपय सफल हुन्छन् भने कति ब्यक्तिको सपना भने पुरा हुँदैन । भारतको महाराष्ट्रको यवतमाल जिल्लामा एक युवकले आफूले बनाएको हेलिकप्टरमा उड्न खोज्दा ज्यान गएको छ।

उनी विगत २ बर्ष देखि हेलिकप्टर बनाउने काममा जुटेका थिए। कक्षा ८ को पढाइपछि स्कूल छोडेका युवाले हेलिकप्टर बनाएका थिए । उनको चासो प्रविधिमा थियो । त्यसैले उनी स्कूल जान छोडेर सस्तो हेलिकप्टर बनाउने इच्छा गर्ने तिर लागे । उनको इच्छा थियो, जुन चिकित्सा आपतकालिन र दुर्गम ग्रामीण क्षेत्रहरुमा जान सकिने हेलिकप्टर बनाउने ।

यवतमालको फुलसावागी गाउँ निवासी इस्माइल शेख इब्राहिम यस हेलिकप्टरको माध्यमबाट आफ्नो सपनाहरु पुरा गर्न चाहन्थे। अगस्त १५ मा, उनी आफ्नो हेलिकप्टर गाउँलेहरुको सामु उडाउन चाहन्थे। मंगलबार, इस्माइलले परीक्षण देखाउनका लागि आफ्ना केही विशेष साथीहरुलाई बोलाएका थिए।

जब उनी हेलिकप्टरमा उड्न खोज्दै थिए, अचानक ब्ले ड भित्र बसेका इस्माइलको घाँटीमा पुग्यो । उनको घाँटि चिरियो र निधन भयो । हेलिकप्टर उडाएर गाउँमा स्वास्थ्य सेवा पाउन नसकेकाहरुलाई सहयोग गर्ने सपना पुरा गर्न त पाएनन् नै उनी आफै पनि अस्ताए ।

Tags

छुटाउनु भयो कि ?