भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ७९७ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २३ लाख २० हजार ८९८ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७१ हजार ६७१ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ५११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३३ हजार ६३ पुगेको छ ।