डा. डीआर उपाध्यायले एकैदिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रकर्डमा रेकर्ड दर्ता गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार डा. उपाध्यायलाई यो रेकर्ड हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको संक्षिप्त कार्यक्रममा डा. उपाध्यायलाई प्रधानमन्त्री देउवाले विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा गिनिजबुकको मिडिया कोर्डिनेरको प्रमाणपत्र हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल, प्राइम टेलिभिजनका नरेश भट्टराई, राजधानी दैनिकका डब्बु क्षेत्री, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्र खबरका राज लुईंटेललाई प्रधानमन्त्री देउवाले प्रदान गर्नुभएको थियो ।
विश्वकीर्तिमानी डा. उपाध्यायका बारेमा सञ्चारकर्मी नरेश भट्टराईले संक्षिप्त जानकारी प्रधानमन्त्री समक्ष राख्नुभएको थियो । प्रधानमन्त्री देउवाले डा. उपाध्यायको यस कार्यका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।
डा. उपाध्यायले नेपालमा भएका विभिनन दैनिकहरूमा २०७८ साल असार १५ गते मंगलबार तदनुसार २९ june २०२१ का दिन ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख ३६ राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुभएको थियो । यसअघि यो विश्व रेकर्ड वेलायतका Chris Geiger (क्रिस जिगर)को नाममा रहेको थियो । जिगरले क्यान्सर जागरुकताका बारेमा लेख प्रकाशन गर्नुभएको थियो । उहाँका १९ राष्ट्रिय दैनिकमा लेख प्रकाशित भएको थियो ।
‘मैले कामय गरेको यो विश्व रेकर्ड नेपालको गौरव बढाउने उद्देश्यका लागि होे’, डा. उपाध्यायले भन्नुभयो । डा. उपाध्यायले यसअघि गीत संगीत तथा विभिन्न विधामा ५१ विश्व रकेर्ड कायमगरी नेपालको गौरव बढाउनुभएको छ । उपाध्यायका एक दर्जन जति उपन्यास प्रकाशित छन् भने तीन गीति सङ्ग्रह प्रकाशित छन् । यस्तै उहाँका २४ एल्बमका सयौं गीत स्रोता/दर्शकमाझ रहेका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६