टप खबर

पूजा गर्दा झुक्किएर पनि नर्गनुस् यस्ता गल्ती

Lumbinikhabar Online

काठमाडौँ- कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन् ।पूजा गर्दा हामीले गर्ने साना साना गल्तीका कारण हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पूजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने उल्लेख गरिएको छ । भगवान वराहले वराह पुराणमा पूजाको समयमा निषेध गरिएका कामबारे बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन् ।

१) गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।

२) नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन् ।

३) शवको स्पर्श गरेपछि स्नान नगरी पुजा गर्नु हुँदैन् ।

४) संभोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन् । यसलाई अपराध मानिने गरिन्छ ।

५) रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन् ।

६) अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ ।

७) घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन् ।

८) केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन्।

Tags

छुटाउनु भयो कि ?