खेलकुद

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज शुरू

Lumbinikhabar Online

 नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज शुरू हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पोखरा रंगशालामा टिमको प्रशिक्षण गर्न लागिएको जनाएको छ ।

प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट भने सहभागी हुने छैनन् ।  दुबै खेलाडी चोटका कारण फिट छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे टिममा सामेल हुने एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ  । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ  ।

Tags

छुटाउनु भयो कि ?