टप खबर

१० लाख रुपैयाँ नेपाली नक्कली नोटसहित रौतहटबाट तीन जना पक्राउ

Lumbinikhabar Online

नेपाली करिब १० लाख रुपैयाँ नक्कली नोटसहित रौतहटमा तीन जना पक्राउ परेका छन् । धनुषाको बट्टेश्वर गाउँपालिका-४ का ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको बर्दीबास नगरपालिका -९ बन्द्राका ३० वर्षीय रन्जित महतो, भङ्गहा नगरपालिका-४ प्रेमनगरका २५ वर्षीय दिपेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नारायणप्रसाद चमरीयाका अनुसार प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले रौतहट ईशनाथ नगरपालिका–४ मा रहेको कालिमन्दिर नजिकैबाट चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?