टप खबर

कोमल वली: दार्चुला घटनामा सरकारले समिति बनाएर टार्न खोज्यो

Lumbinikhabar Online

राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुला घटनामा सरकारले एक शब्द पनि बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक वीपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छिन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको आरोप लगाइन् ।

वीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु वीपीकै अपमान भएको उनको भनाइ थियो ।वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने उनले बताइन् ।
‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर युवालाई मारिँदा एक शब्द नबोल्ने रु समिति बनाएर टार्ने रु यही हो वीपीका अनुयायीहरुको चरित्र रु’ वलीले सरकारसँग प्रश्न गरिन् ।

साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा उचित नभएको भन्दै उनले देशलाई, जनतालाई पर्दा औँला ठड्याउन नसक्नेहरुले मुलुकको रक्षा कदापी गर्न नसक्ने बताइन् ।

Tags

छुटाउनु भयो कि ?