भन्सार छलेर अवैध रुपमा भित्राइएको ७० लाखभन्दा बढी मूल्य बराबरका ५९५ थान मोबाइल सेट सहित दुई जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिभिन्न ब्राण्डका ५९५ थान मोबाइलसहित चितवनको भरतपुर महानगरपालिका बस्ने ४३ वर्षीय अर्जु्न ढकाल र गाडीका चालक ४० वर्षीय इन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको नवलपुर प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले जानकारी दिए । मोबाइल लोड गरिएको प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर ल्याइएका मोबाइल आजै भन्सार कार्यालय पठाइने उनको भनाइ छ ।
भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन ढकाल र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई दुम्कीबास प्रहरीको हिरासतमा राखिएको उनले बताए ।