खेलकुद

भारतीय टिमका कप्तान विराट कोहलीले खराब कीर्तिमान बनाए

Lumbinikhabar Online

भारतीय टिमका कप्तान विराट कोहलीले खराब कीर्तिमान बनाएका छन् ।

उनले टेष्ट क्रिकेटमा सर्वाधिक म्याचमा शून्यमै आउट हुने कप्तानको कीर्तिमान बनाएका हुन् ।

इंग्ल्याण्डसँगको टेष्ट सिरिजको पहिलो खेलको पहिलो पारीमा जेम्स एण्डरसनको बलमा शून्यमै आउट भएपछि विराटले यो खराब कीर्तिमान हासिल गरे ।

योसँगै उनी अब यो प्रारूपमा ९ पटक खाता नखोल्दै आउट भएका छन् ।

विराट अब टेष्टमा सर्वाधिक म्याचमा शून्यमै आउट हुने भारतीय कप्तान बनेका छन् । यसअघि यो खराब कीर्तिमान पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाममा थियो ।

उनी टेष्टमा कप्तानको रूपमा ८ पटक शून्यमै पवेलिएन फर्किएका थिए ।

यो मामलामा तेस्रो स्थानमा पूर्वकप्तान नवाब पटौदीको नाम आउँछ । उनी आफ्नो टेष्ट करियरमा कप्तानको रूपमा ७ पटक शून्यमै आउट भएका थिए ।

विराट टी-२० मा पनि सर्वाधिक शून्यमै आउट हुने भारतीय कप्तान हुन् । उनी यो प्रारूपमा कप्तानी सम्हालेपछि तीन पटक शून्यमै आउट भएका छन् ।

एकदिवसीय क्रिकेटमा भने कप्तानको रूपमा धेरै म्याचमा शून्यमै आउट हुने खराब रेकर्ड भने सौरभ गांगुलीको नाममा छ ।

Tags

छुटाउनु भयो कि ?