कोभिड-१९

देशैभर दोस्रो मात्राको भेरोसेल खोप अभियान आजदेखि

Lumbinikhabar Online

सरकारले कोभिड १९ भिरुद्धको भेरोसेल खोपको दोस्रोमात्र लगाउने अभियान देशभर सुरु गरेको छ। आजदेखि पहिलो मात्रा लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो मात्राको खोप दिन थालिएको हो। दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ।

स्थानीय स्वास्थ्य चौकी, विद्यालय र खुल्ला ठाउँमा केन्द्र स्थापना गरेर दोस्रो मात्राको खोप लगाइने छ। काठमाडौंका सबै पालिकालाई खोप केन्द्र तोकिएको छ।

पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य गरिएको छ। उक्त कार्ड र विद्युतीय दर्ता नम्बर लिएर आफूलाई सजिलो हुने खोप केन्द्रमा पुगेर खोप लगाउन सकिने छ।

असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका नागरिकमा भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार हालसम्म १ लाख ६५ हजार नागरिकले भेरोसेल खोपको पहिलोमात्रा लगाएका छन्।

Tags

छुटाउनु भयो कि ?