टप खबर

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको भारत भ्रमण

Lumbinikhabar Online

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनको भारत भ्रमण उपयुक्त समयम भएको छ । दुई दिवसीय छोटो भ्रमणले चीन, पाकिस्तान र अफगानिस्तानलाई खास सन्देश दिएको छ । भ्रमणले भारतसँग बाइडेनको नयाँ प्रशासनको सम्बन्धको महत्व झल्काएको छ ।

भ्रमणको क्रममा ब्लिंकेनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने छन् ।

ब्लिंकेन भ्रमणमा गएकै दिन अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारत इन्डो–प्यासेफिक क्षेत्रको एक महत्वपूर्ण साझेदार रहेको जनाएको छ ।

दुई देशबीच उच्चस्तरीय भेटवार्ताका अतिरिक्त ब्लिङ्केनको भारत भ्रमणको समय निकै महत्वपूर्ण छ । अफगानिस्तानमा रहेको अमेरिकी सेना आफ्नो उपस्थितिको समाप्तिमा छ; आफगान सेना देशका विभिन्न भागमा हिंसात्मक रूपमा फैलिन थालेको तालिवानी नियन्त्रण सम्बोधन गर्न कठिन प्रयत्न गर्दैछ; अफगानिस्तामा तालिवानको त्रासपूर्ण फैलावटमा दक्षिण तथा केन्द्रीय एशियामा देशहरूको चासो रहेको छ; चीन–भारत सीमा क्षेत्रमा चीन–भारत सैनिक द्वन्द्व जारी छ र विश्व कोरोना भाइरस महामारीको दोस्रो लहरसँग कठिन संघर्षमा छ ।

Tags

छुटाउनु भयो कि ?