टप खबर

विदेशमा कोरोनाका कारण थप ३९ नेपालीको मृत्यु

Lumbinikhabar Online

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण पछिल्लो ३ सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेशियामा ३७ जना, इराक र युगान्डामा १–१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघका अनुसार हालसम्म  भारतसहित विश्वका २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।  इराकमा भने पहिलोपटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।  तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् ।  सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया  र भारतमा रहेका नेपालीमा  भने थप कोरोना संक्रमण देखिएको छ ।

Tags

छुटाउनु भयो कि ?