कोभिड-१९

थप ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

Lumbinikhabar Online

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार २६३ जनाको पीसीआर परीक्षणमा २ हजार २८० र ४ हजार २५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८२६ जनामा कोरोना पुष्टि भएको छ ।

हिजो पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

हालसम्म नेपालमा पीसीआर परीक्षणबाट देखिएका कोरोना संक्रमितको कुल संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ भने एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएकाको कुल संख्या ६१ हजार ३५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कुल संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Tags

छुटाउनु भयो कि ?