कोभिड-१९

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ, संक्रमितको संख्या फेरि बढ्न थाल्यो

Lumbinikhabar Online

कोरोना भाइरस (कोभिड–१९) को चौथो वेभ सुरु भएपछि दक्षिण कोरियामा कोभिड–१९ का सङ्क्रमित दिन प्रतिदिन बढ्दै गएका छन्।

सङ्क्रमितको संख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्ड कायम हुन थालेको छ। दक्षिण कोरियामा गएको २४ घन्टामा पनि अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन्।

सरकारी अधिकारीले मंगलबार एक हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका जानकारी दिएका छन्। यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

सरकारी अधिकारीले मंगलबार एक हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका जानकारी दिएका छन्। यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ सङ्क्रमितको संख्या एक लाख ९३ हजारभन्दा बढी पुगेको छ। दक्षिण कोरियाका अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन्।

दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा सुरु भएको दुई साता पुगेको छ। जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्ड अपनाउने काममा कडाई गरेको छ।

यही जुलाई १ देखि देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला महिनाको तुलनामा हाल त्यहाँ सङ्क्रमित कम्तीमा पनि ५८ प्रतिशत बढेका छन्।

कोरिया सरकारले कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ। पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ।

Tags

छुटाउनु भयो कि ?