टप खबर

दुईजना वडाध्यक्षसहित १५ जुवाडे पक्राउ

Lumbinikhabar Online

हुम्लाको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित १५ जना जुवाडे पक्राउ परेका छन्।

श्रीनगर प्रहरीचौकीबाट खटिएका प्रहरीले अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा बुधबार उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

जुवातास नियन्त्रणमा कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटबाट केही दिनअघि मात्रै जुवाको खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको थियो।

नियमितरूपमा जुवा खेल्ने गरेको सूचना आधारमा पुगेको प्रहरील्े उनीहरुलाई पक्राउ गरेको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिए। गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्। दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको बुढाको भनाई छ।

पक्राउ परेकाहरुलाई प्रहरीले सोधपुछ गरी अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिवाना तिरेपछि छाडिदिएको छ। पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली–३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको बुढाले जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?