जीवनसैली

सुनको मुल्यमा सामान्य बृद्धि

Lumbinikhabar Online

नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मुल्य भने १५ रुपैयाँले घटेको छ । हिजो चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको आज १२ सय ५५ रुपैयामा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?