नेपालको फेसन र मोडलिङ क्षेत्रले विभिन्न स्वरुप र तरिकाले अन्तर्राष्ट्रिय मंचमा आफ्नो उपस्थिति र पहिचान बढाउने क्रम बढ्दो छ । यसै सन्दर्भ नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै गरेको ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का प्रतिस्पर्धीहरुलाई नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यले हालै मात्र गुगलमीटको माध्यमबाट अनलाइन मार्फत् गु्रमिङ सेसन सम्पन्न गरेका हुन् । विशेषतः गरी स्टेज प्रस्तुतिकरण, प्रतियोगितामा सहभागिले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा उक्त ग्रुमिङ सेसन केन्दि«त रहेको थियो ।
उक्त ग्रुमिङ सेसनपछि प्राप्त प्रतिक्रिया अनुसार सबै सहभागिहरुले सो ग्रुमिङ कक्षा निकै फलदायी भएको जनाएका छन् । प्रतियोगिताका सहभागि प्रणालीका अनुसार यो सेसन मानसिक र व्यक्तित्व विकासका दृष्टिकोणले निकै राम्रो रह्यो । अर्की सहभागि गौरी ठोरतका अनुसार यो सेसन अत्यन्त प्रेरणादायी रह्यो । आफूभित्रको सकरात्मक र सशक्त पक्षको खोजी, विकास र प्रयोगका लागि यसले उर्जा प्रदान गरेको उनको भनाई छ । यो सेसन अन्तक्र्रियात्मक र पथ प्रदर्शक रुपमा रहेको तथा सकरात्मक भई प्रतियोगिताबाट प्राप्त गर्न सकिने लाभका बारेमा सुक्ष्म रुपमा सोच्न प्रेरित गरेको भन्ने प्रतिक्रिया अर्की सहभागि प्रियंका सिन्डेले दिएकी छिन् ।
मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१ म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा संचालन हुन लागेको प्रतियोगिता हो । यस प्रतियोगिताकाले विजेताले भारतलाई प्रतिनिधित्व गर्दै ईप्लानेट प्रा.लि.को ब्यानरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टस्मा भारतको तर्फबाट सहभागिता जनाउने छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६