कोभिड-१९

१७ हजार २७२ परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण, थप २५ को मृत्यु

Lumbinikhabar Online

२४ घण्टामा नेपालमा १७ हजार २७२ जनाको परीक्षण गर्दा ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ६८६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २४० पीसीआर परीक्षण गर्दा २ हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ३२ परीक्षण गर्दा १ हजार ३० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ

Tags

छुटाउनु भयो कि ?