आईतबार देशभर सामान्य बदलीको अवस्था छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको देखिन्छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुइ स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ।

