राजनीति

प्रदिप तिवारी तरुण विभाग डेनमार्क शाखा प्रमुख

Lumbinikhabar Online

नेपाली कांग्रेसको तरुण विभागले काभ्रेका प्रदिप तिवारीलाई डेनमार्क शाखा प्रमुखको जिम्मेवारी प्रदान गरेको छ ।
लामो समयदेखि डेनमार्कमा बस्दै आएका तिवारीलाई साउन ४ गते डेनमार्कको शाखा प्रमुखको जिम्मेवारी तोकिएको हो । तरुण विभाग प्रमुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले तिवारीलाई डेनमार्क शाखा प्रमुखको जिम्मेवारी दिएका हुन ।
डेनमार्कमा बस्ने तरुण युवाहरु जो लोकतन्त्र र प्रजातन्त्रप्रति विश्वास राख्छन् उहाँलाई समेट्न अनुरोध गरेको छ ।
आगामी दिनमा डेनमार्कमा बस्ने नेपाली कांग्रेसका सुभेच्छुकलाई समेटेर नेपाली कांग्रेस तरुण विभागको पार्टिको नीति नियम ईमान्दारीका साथ पालना गर्दै सक्रिय भएर तरुणहरुको हितका लागि काम गर्ने तिवारीले बताए ।

Tags

छुटाउनु भयो कि ?