राजनीति

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्

Lumbinikhabar Online

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। आइतबार राति देउवा प्रतिनिधिसभाबाट विश्वासको मत लिन सफल भएपछि मोदीले बधाई दिएका हुन्।

मोदीले ट्वीट गर्दै देउवाको कार्यकाल सफलताको शुभकामनासमेत दिएका छन्। उनले देउवासँग मिलेर आफूले काम गर्न चाहेकोसमेत बताएका छन्। उनले देउवाको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने र जनता जनताबीच सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

Tags

छुटाउनु भयो कि ?