टप खबर

पढे लेखेका मान्छेको कुरा सुन्ने हो भने देश बन्छ

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुकै दिनमा कोभिडविरुद्ध सबै नेपालीलाई खोप लगाउने निर्णय गरेका छन् । अहिले सबै नेपालीको प्रमुख चाहना भनेकै कोरोनाविरुद्धको खोप लगाउनुमा रहेको छ । देउवा आम नेपाली जनताका आशाका केन्द्र बनेका छन । मलाई मन पर्ने नेता शेर बहादुर देउवा हुन । किन भने उनी अरु नेता भन्दा इमान्दार छन । देउवा अनुभवी प्रधानमन्त्री पनि हुन । उनी नेपाली जनतालाई राम्रो ख्याल गर्छन ।

देउवा लप्पन छप्पन नभएका नेता हुन । उनी पढे लेखेका नेता हुन । उनी औठा छाप होइनन् । मुलुक औठा छापले चल्दैन । उनी बढी मिडियामा आउन चाहादैनन् । देउवा जे बोल्छन त्यो गर्छन । यो कुरा म बुझेको छु । ओली राजको अन्त्य भएको छ । ओली अहंकारी थिए । त्यही अहंंकारीले ओली सकिए । ओली सकिनु पर्दथ्यो सकिए ठिक भो । जनताले ओली मन पराएका थिएनन् । उखान टुक्काले देश चल्दैन । देश बनाउन भिजन चाहिन्छ । ओलीमा भिजन देखिएन ।

ओली देश चलाउने क्षमता भएका ब्यक्ति होइनन् । मैले सुरु देखि नै भन्दै आएको छु । यसरी देश चल्दैन । मैले दिएको सुझाव अनुसार देश चलाउने हो भने नेपाल बिश्वमा नाम चल्ने देश हुने छ । तर हाम्रो सुझाव कसैले मान्दैनन् । कमसेकम पढे लेखेका मान्छेको कुरा सुन्ने हो भने देश बन्छ । हाम्रा कुरा कसैले सुन्दैनन् । समस्या यो हो । जे भए पनि अव नेताहरु अव गम्भिर बन्नु पर्छ । जनतालाई दुख्ख दिएर गरेको राजनीतिले कसैलाई फाइदा गदैन । यो कुरा नेताले बुझनु पर्छ ।

ओलीले त कुरो बुझेनन् । अव देउवाले कुरा बुझनु पर्छ । जनता धेरै सचेत छन । जनतालाई भ्रममा पार्ने युग सकियो । त्यो सपना अव कसैले नदेखे हुन्छ । ओलीले जनतालाई सास्ती दिएका थिए । अव देउवाले दिनु हुदैनन् । जनताको लोकप्रिय हुन देउवा उनी अघि बढनु पर्छ । जनताले देउवा मन पराएका छन । देउवा लोकतन्त्रका लागी लडेर आएका नेता हुन । लोकतन्त्र बचाउन देउवाको ठूलो भूमिका छ । जसले जे भने पनि देउवा इमान्दार नेता हुन ।

अवको समयमा माधव नेपालले देउवालाई साथ दिनु पर्छ । बिचमा आtएर नेपालले ढोका दिए नेपाल आफै सकिन्छन । यो कुरा म सुरुमै भनि सकेको छु । ओली अव सकिए । अव माधव नेपालको भविश्य छ । लामो त्याग तपस्या गरेका माधव नेपाल लोक प्रिय नेता हुन । अव उनको हातमा नै यो सरकार बचाउने जिम्मा छ । उनी कसरी अघि बढछन त्यो भने हेर्न बाँकी छ । अव मुलुकलाई जनताको हित गर्ने सरकारको खाँचो छ । अहिले मुलुकमा कोरोना भाइरसको माहामारी छ । यो सवैको चिन्ताको बिषय हो । नयाँ सरकारले सबै नेपालीलाई कोरोना खोप लगाउने निर्णय गरेको छ ।

यो राम्रो कुरा हो । नयाँ सरकारले आशा जगाएको छ । यो राम्रो कुरा हो । अव सरकारले दृढ प्रतिबद्धता, इमानदारिता देखाउन जरुरी छ । ओली जस्तो भएर देश चलाउन समस्या हुन्छ । ओलीमा नैतिकता भन्ने कुरै थिएन । ओली राजमा नागरिकले मुलुकमा वास्तविक रूपमा सरकार भएको अनुभूति गर्न सकेनन् । सत्ता र शक्तिको आडमा टिकेको ओली सरकार समाप्त भएको छ ।

यो नै खुशिको कुरा हो । ओलीले विकास निर्माणका काम केही गर्न सकेनन् । कुरा ठूला काम साना । कुरा यही हो । अव नेताहरु पारदर्शी हुनु पर्छ । राजनीति फोहोर खेल भो । यसलाई सुद्ध गर्न सवै लाग्नु पर्छ । मुलुकको हितका लागि सवै जुटनु पर्छ । राजनीतिक कुनै व्यापारब्यवसाय होइन । तर राजनीतिलाई ब्यापार बनाइयो । मलाई यो मन पदैन । जनता ठग्ने नेताको अव काम छैन ।

अव मुलुक सञ्चालन गर्न दुरदर्शी नेताको खाँचो छ । प्रधानमन्त्री देउवाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई मनैदेखि आत्मसात् गर्नुपर्छ । मुलुक अव सहि ढंगले अघि बढछ । देउवा सरकार अव विशेष योजना र कार्यक्रमसहित अघि बढ्नुपर्छ ।हाम्रो देश नेपाल वर्षांैदेखि कुशासनको चक्रमा पिल्सिँदै आएको छ । स्थानीय तहमा मनपरी खर्च गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ ।

नियमविपरीत खर्च गर्दासमेत कारबाही गर्ने परिपाटी छैन ।नयाँ प्रधानमन्त्रीका रूपमा आएका देउवाले भ्रष्टचारीलाई कारबाही गर्ने प्रतिबद्धता मात्रै होइन व्यवहारमा नै कारबाही गर्ने परिपाटीको विकास गराउन जरुरी छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तदारुकता देखाउनुपर्छ । उच्चस्तरको संयन्त्र बनाएर भ्रष्टाचारविरुद्धको महाअभियान थाल्नुपर्छ । प्रधानमन्त्रीले जुनसुकै हालतमा पनि भ्रष्टाचारीलाई आवश्यक कारबाही गर्न पछि हटनु हुदैन ।

Tags

छुटाउनु भयो कि ?