टप खबर

दौडधुपमा देउवा ।

Lumbinikhabar Online

कुर्मराज आचार्य ,

यतिबेला सरकार कसरी टिकाउने भन्ने विषयलाई लियर प्रधानमन्त्री शेरबहादुर देउवा दौडधुपमा ब्यस्त देखिन्छ्न ।उनी कहिले एमाले नेता माधवकुमार नेपाल निवासमा पुग्छन त कहिले नेकपा माओवादी अध्यक्ष निवासमा पुग्छन । यता एमालेको एकताको निमित्त पहल चालिरहेका दोस्रो तहका नेताहरु बिच छलफल भइरहदा आफ्नो कुर्सी गुम्ने र सरकार एक महिनामै नटिक्ने होकि भन्ने त्रासका कारण देउवा भेटघाट र निरन्तर छलफलमा ब्यस्त देखिन्छन् ।

यसै बिच नेकपा एमालेको ओलि निकट स्थायी कमिटी बैठकले शेरबहादुर देउवालाई बिश्वासको मत दिन नसकिने निर्णय गरेपछि माधवकुमार नेपाल समूहले सहयोग गर्ने हैनकि भन्ने डर प्रधानमन्त्रीमा रहेको देखिन्छ । तर माधव नेपालले भने देउवालाई बिश्वासको मत जसरी पनि दिने बताएका छन ।

ओली निकट एमालेको को एउटा पक्षले अलोकतान्त्रिक र अस्वस्थ ढङ्गबाट गठित सरकारलाई एमालेको कुनै समर्थन नहुने र बैठकले संसदहरुलाई बिश्वासको मत नदिन निर्देशन दिएको ओलि निकट नेता एबम प्रबक्ता प्रदीप ज्ञावलीले संचार माध्यमलाई बताएका छन । यसरी हेर्दा प्रधानमन्त्री देउवालाई बिश्वासको मत लिनका लागि माधवकुमार नेपाल पक्षका नेताहरुको साथ चाहिने देखिन्छ।

Tags

छुटाउनु भयो कि ?