• २०८२ बैशाख ०२, मंगलबार ( )
टप खबर

आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन

Lumbinikhabar Online

एक सातायता लगातारको वर्षा थामिएको छ। मौसमको यो अनुकूलतामा महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन आज ‘लुतो फाल्ने’ पर्वको उल्लास छ।

जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास रहेको बस्तीमा साउने सङ्क्रान्तिका दिन मनाइने ‘लुतो फाल्ने’ परम्परालाई उल्लासमय बनाउन युवायुवती जुटेका छन्।

खासगरी पहाडी मूलका नेपाली हिन्दूहरुले यो पर्व मनाउँछन्। साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो, कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराउने चलन |

Tags

छुटाउनु भयो कि ?