टप खबर

पोखरा महानगरका मेयरलाई हृदयघात

Lumbinikhabar Online

हृदयघात भएपछि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी अस्पताल भर्ना भएका छन्।

शुक्रबार बिहान चार बजे एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनी पोखरास्थित मणिपाल शिक्षण अस्पताल भर्ना भएका हुन्।

चिकित्सकहरुले मेयर जिसीलाई हृदयघात भएको बताएका छन्। मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकलाई उद्घृत गर्दै मेयर जिसीका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए।

बरालका अनुसार मेयर जिसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन्।

जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट मेयरमा निर्वाचित भएका हुन्।

Tags

छुटाउनु भयो कि ?