कोभिड-१९

विश्वमा १८ करोड भन्दा बढि कोरोना सङ्क्रमित, पहिलो स्थानमा यो देश

Lumbinikhabar Online

विश्वमा कोरोना सङ्क्रमितको कुल संख्या १८ करोड ९७ लाख २ हजार १९० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ५५ हजार १८४ जनामा कोरोना पुष्टि भएको छ ।

वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा अहिले सम्म ३ करोड ४८ लाख ८७ हजार १५५ जना कोरोना संक्रमित भएका छन् । त्यस्तै दोस्रो स्थानमा भारत रहेको छ । भारतमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल संख्या ३ करोड १० लाख २५ हजार ८७५ पुगेको छ । त्यस्तै तेस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा अहिले सम्म १ करोड ९२ लाख ६२ हजार ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Tags

छुटाउनु भयो कि ?