ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले केही क्षेत्रमा थप खुकुलो गर्दै उपत्यकाको जारी निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको जानकारी दिए।
अब काठमाडौँ उपत्यका प्रवेशका लागि सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।
अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी आदेशमा उल्लेख छ ।
यस्तो छ आदेश