टप खबर

एमालेको बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ

Lumbinikhabar Online

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमालेको स्थायी कमिटीको अनौपचारिक बैठकले सर्वोच्च अदालतको सोमबारको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठकले फैसला त्रुटीपूर्ण भए पनि कार्यान्वयन गर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

बैठकले सर्वोच्चको फैसलाले संसदीय प्रणालीको आधारभूत संरचनालाई खल्बल्याउने विश्लेषणसमेत गरेको छ। प्रवक्ता ज्ञवालीले सर्वोच्चको फैसलाले संसदीय व्यवस्थाका आधारभूत संरचना खल्बल्याउने बताए। मंगलबार स्थायी कमिटीको बैठक बसेर सर्वोच्चको फैसलाबारे थप धारणा बनाउने ज्ञवालीले जानकारी दिए। सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

Tags

छुटाउनु भयो कि ?