कोभिड-१९

आज देखि लगाइदै छ कोरोन खोप, को-कोसले लगाउन पाउने ? सुची हेर्नुहोस

Lumbinikhabar Online

सरकारले आज देखि खोप अभियान संचालन गर्ने घोषणा गरेको छ । चीनबाट खरिद गरिएको ४० लाखमध्ये १० लाख डोज भेरोसेल र अमेरिकाबाट अनुदान प्राप्त १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आइपुगे लगत्तै सरकारले खोप अभियान घोषणा गरेको हो । सोमबार स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि भेरोसेल खोपलाई ५५ वर्ष माथिका नागरिकलाई लगाउने र जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई लगाउने निर्णय गरेको हो ।

भेरोसेल खोप ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लाउन बाँकी नागरीकलाई लगाइने भएको छ । जोन्सन एन्ड जोन्सन खोप भने ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपांग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई लगाइने भएको छ ।

 

Tags

छुटाउनु भयो कि ?