टप खबर

शेरबहादुर देउवाको नेृतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय

Lumbinikhabar Online

तीन दल तथा दुई समूहको विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवाको नेृतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरेको छ। सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार फैसला गरेपछि बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा (उपेन्द्र समूह) र एमाले (माधव समूह)को बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको हो।

बैठकपछि बोल्दै एमाले नेता रघुजी पन्तले एमालेले देउवालाई समर्थन गर्न सक्ने बताए। उनले बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक नबसकेको भन्दै अब एमालेको विवाद पनि सकिएको बताए। उनले देउवाले अब एमालेसँग समर्थन मागेपछि एमालेले सो विषयमा निर्णय गर्न सक्ने जानकारी दिए।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले शुरुमा सानो आकारको मन्त्रिपरिषद बनाइने जानकारी दिए। उनले त्यसपछि सबै दलहरुसँग छलफल गरेर पूर्ण मन्त्रिपरिषद विस्तार हुने जानकारी दिए।

उनले मंगलबार बिहान पार्टी पदाधिकारी बैठक बस्ने जनाए। उनले देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गरिने जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?