टप खबर

एमाले कार्यदलको बैठक आज पनि निष्कर्षविहीन

Lumbinikhabar Online

एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको ‘निर्णयक’ हुने भनिएको आजको बैठक पनि विनानिष्कर्ष सकिएको छ ।

आज बसेको कार्यदलको बैठकमा समेत विवाद समाधानको प्रयास असफल भएपछि भोलि फेरि बैठक बस्ने गरी सकिएको छ ।

बैठकमा भएको छलफल सकारात्मक भएको र भोलि सहमति हुने नेता गोकर्ण विष्टले जानकारी दिए । उनले भने,‘एमालेभित्रको अविश्वास कम भएको छ । सार्थक परिणाम भोलि नै सुन्न पाउनुहुन्छ ।’

नेता विष्टले भोलिसम्ममा विवाद समाधान हुने समेत दाबी गरे ।

Tags

छुटाउनु भयो कि ?