कोभिड-१९

काठमाडौं उपत्यकामा थप २ हजार १६९ मा कोरोना संक्रमण, २२ जनाको मृत्यु

Lumbinikhabar Online

गत २४ घण्टामा नेपालमा २ हजार १६९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ४३२ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५३० पीसीआर परीक्षण गर्दा १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८८७ परीक्षण गर्दा ८१६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३६३ पुगेको छ

Tags

छुटाउनु भयो कि ?