राजनीति

एमाले कार्यदलले सहमतिको मस्यौदालाई अन्तिम रूप दिँने

Lumbinikhabar Online

एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको १० सदस्यीय सँयुक्त कार्यदलमा सहमतिको मस्यौदामा छलफल भइरहेको छ। सिंहदरबारमा जारी कार्यदलको बैठकमा सहमतिको मस्यौदामा छलफल चलिरहेको जानकारी आएको छ।

विवाद समाधानका लागि गठन गरिएको कार्यदलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिब विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र विष्णु रिमाल छन्।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट उपाध्यक्ष भीम रावल, उपमहासचिब घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

Tags

छुटाउनु भयो कि ?