टप खबर

एमाले एकतामा सकस

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

नेकपा एमाले भित्रको बिवाद अझै सुल्झन सकेको छैन । एमाले एकतामा सकस देखिएको छ । तर पनि बिवाद मिलाउन बनेको कार्यदलको बैठक निरन्तर बसिरहेको छ । तर सार्थक परिणाम भने कार्यदलले अझै निकाल्न सकेको छैन । एमाले विवादलाई समाधान गरेर अघि बढदा नै राम्रो हुन्छ । ओली, माधव बीच करा मिल्दा बित्तिकै समस्या हल हुन्छ ।

माधव नेपाल समूह एकताका लागी गम्भिर बन्नु पर्छ । समस्या काहाँ हो मिलेर समाधान गर्नु पर्छ ।माधव नेपाल समूहभित्रका केही युवानेता पार्टी विभाजन गर्नु हँुदैन भन्ने पक्षमा छन । एमालेभित्र जुन प्रकारको गुटबन्दी र अराजकता देखिएको छ, त्यो राम्रो कुरा होइन । आम नेता कार्यकर्ता नेकपा एमाले मिलेको देख्खन चाहान्छन ।

पार्टीभित्रको अन्तरसंघर्षलाई पार्टीको विधि र प्रक्रियाबाट हल गरेर जानु पर्छ । पार्टी भित्र दुस्मनीपूर्ण ब्यवहार देखाउनु पनि राम्रो होइन । एमालेको नवौं महाधिवेशनमा माधव नेपाल ओलीसँग अध्यक्षमा पराजित भएका हुन । त्यस पछि नेपाल ओली संग टाढिदेै आएका छन । नेपालले पार्टीभित्र देशभर समानान्तर संगठन सञ्चालन गदै आएका छन ।

यसले एमालेको आन्तरिक जीवन संकटपूर्णहुँदैछ । पाटीलाई संकट तर्फ कसैले धकल्न हुदैन । पाटी ठूलो मिहिनेतले बनेको हुन्छ । पाटी निर्माणमा आम नेता कार्यकर्ताको त्याग , तपस्या र बलिदानी छ । पाटी निर्माण त्यसै भएको होइन । शीर्ष नेताको सनकले पाटी बर्बाद गर्नु उचित हुदैन । पाटी मिलाएर लैजानु पर्छ । एमाले बिभाजन गर्न केहि तत्व खुलेर लाएका छन ।सवैमा आ आफनो स्वार्थ छ। स्वार्थको राजनीतिले मुलुक बर्बाद हुदैछ । मुलुक बचाउन नेता गम्भिर हुनु पर्छ । पछिल्ला दिनमा एमाले जोडिने सम्भावना पनि देखिएको छ ।

यो अहिलेको आबश्यकता पनि हो । बिगतका तिता कुरा बिर्सिएर मिल्ने कुरामा एमालेका नेताहरुको ध्यान केन्द्रित हुनु पर्छ । नेकपा एमाले नमिले देशले हार्ने छ । नेता हारेर भए पनि देशले जित्नु पर्छ । नेताहरुले यो संकल्प गनुृ पर्छ । यदि नेताहरुले संकल्प गर्न सकेनन् भने भोली पछुताउने बाहेक अर्को कुनै बिकल्प हुने छैन ।

नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रूपमा अगाडि बढनु पर्छ । शीर्ष नेताहरूले यो उद्घोष गनुृ पर्छ ।पछिल्लो समय आएर नेताकार्यकर्तामा व्यापक निराशा पैदा भएको छ । अहिले नेपाली राजनीति अस्थिरताको दिशातिर उन्मुख हुँदैछ ।

अस्थिर अवस्था आउनुका पछाडि एकताको आधार कमजोर भएर हो । सत्ता स्वार्थको राजनीतिले देश बर्बाद भयो । अव सोच्ने बेला भयो । एमालेभित्रको यो गुटगत लडाईंले कसैलाई फाइदा छैन । अहिले एमाले भित्र संवाद सहमति गरेर पाटीलाई बलियो बनाउने बेला हो । पाटी कमजोर भए नेताको भविश्य छैन । आगामी निर्वाचनमा जनताले को नेता कस्तो भन्ने कुरा फैसला गर्नेवाला छन । त्यो दिन नजिकै आउँदै छ । कसैले घमण्डको राजनीति नगरे हुन्छ ।

Tags

छुटाउनु भयो कि ?