टप खबर

नेपाल एयरलाइन्सले शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप लिएर काठमाडौँ आइपुगेको छ

Lumbinikhabar Online

सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप लिएर काठमाडौँ आइपुगेको छ | नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।

Tags

छुटाउनु भयो कि ?