खेलकुद

स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा

Lumbinikhabar Online

 स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो । वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्दै उपाधिनजिक पुगेको हो ।

पेनाल्टी अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

Tags

छुटाउनु भयो कि ?