टप खबर

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँ बढ्यो

Lumbinikhabar Online

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आयल निगमले मंगलबार रातिबाट लागू हुनेगरी  पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासमा मूल्य बढाएको हो ।

आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको छ ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?