टप खबर

‘ठूल्दाइको फूलमाला’सार्वजनिक(भिडियो)

Lumbinikhabar Online

म्यूजिक भिडियो निर्देशनमा पछिल्लो पटक व्यस्त निर्देशकमा पर्ने चर्चित कोरियोग्राफर माईकल चन्दको निर्देशनमा मेलिना राई र आरसी रिमालको स्वरमा ‘ठूल्दाइको फूलमाला’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपक सिलवालको शब्द एवं संगीत रहेको गीतको एरेन्ज सहस शाक्यले गरेका छन् ।

शुक्रबार गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। सो भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । साथमा शिशिर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई भिडियोमा हेर्न सकिन्छ ।

एमएनटिभी अष्टे«लिया युट्यूब च्यानलबाट सार्वजनिक भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको छ भने सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोलाई माईकल आर्ट्स एण्ड एकेडेमीले कोरयोग्राफी गरेको छ ।

Tags

छुटाउनु भयो कि ?