नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सेती दोभान भन्ने स्थानमा शनिबार राति करिब १० बजे खसेको पहिरोले सडक अवरुद्ध भएको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको हो । जानकारी अनुसार पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने जानकारी आएको छ । हिजो बिहान ९ बजे बाट यो सडक खण्डमा एक तर्फी सडक संचालनमा आएको थियो।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६