चितवनको चार किलो र भोर्ले सेतीदोभानको पहिरो हटाउन थालिएसँगै अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी गाडी चल्न संचालन भएको छ। पहिरो हटाउन थालेपछि बिहान १० बजे तिरबाट एकतर्फी गाडी चल्न थालेको जानकारी प्राप्त भएको छ। पहिरो पूरै सफा गर्न समय लाग्ने भएपछि एकतर्फी गाडी चल्न सक्ने गरेर बाटो खुलाइएको छ। नारायणगढ–मुग्लिन खण्डमा गाडी चल्न शुरु भए पनि मुग्लिनपूर्व पृथ्वीराजमार्गको ठाउँठाउँमा पहिरो आएको ले यातायात सन्चालन मा कठिनाइ नै छ। बिहीबारदेखि नै यो सडकखण्डमा पहिरो खसिरहेको छ । शुक्रबार साँझ नारायणगढदेखि २० किलोमिटर पर भोर्ले सेतीदोभन र राति चार किलोमा फेरि थपिएको पहिरोले गाडी चल्न ठप्प भएको थियो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६